मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुाललले शैक्षिक क्षेत्रमा व्यापक सुधारको अवश्यक्ता रहेको बताउनुभएको छ । हेटौँडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४४ औँ बार्षिकोत्सवकाे उद्घाटन गर्दै प्रमुख खुलालले शैक्षिक क्षेत्रमा सुधारकालागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।
प्रमुख खुलालले शैक्षिक गुणस्तरको सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवाला बिच व्यापक छलफल गर्नुपर्ने बताउनुभयो । शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने भविष्यको जनशक्ति उत्पादन हुने भन्दै प्रमुख खुलालले शिक्षक पेशमा रहनेहरुले विशेष ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो । कस्तो शिक्षा दिने र कस्ताे नागरिक उत्पादन गर्ने भन्ने कुरामा व्यापक छलफलको जरुरी रहेको उहाँको भनाई थियो । समाजमा बढ्दो नकारात्मकता प्रति चिन्ता व्यक्त गर्दै प्रमुख खुलाले हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा भएकाले समाजलाई सकारात्मकता तर्फ डो¥याउने शिक्षाको आवश्यक्ता रहेको बताउनुभयो । अबको शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्ने उहाँको भनाई थियो ।
विद्यायलले माघ ६ रक्तदान ७ गते खेलकुद र पुर्व विद्यार्थी शिक्षक पुर्न्मिलन र ८ गते समापन कार्यक्रम गरी ४४ औँ बार्षिक उत्सव धुमधामले मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक चन्द्र प्रसाद लुइटेल, जिल्ला आयोजना कार्यान्वयन ईकार्ई(शिक्षा) मकवानपुर प्रमुख बद्रीबहादुर पाठक, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका कृष्ण प्रसाद घिमिरे, हेटौँडा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने, हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख पुर्ण बहादुर अछामी, लगायतको सहभागिता थियो ।
कार्यक्रममा शिक्षक, २०७५ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयको स्मारीक समेत विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य ,प्रहसन, शैक्षिक प्रर्दशनी, खाना महोत्सवको आयोजना गरिएको थियो । त्यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्ले रिन्छेन स्मृति छात्रवृति कक्षा ८ का २ जना जेहन्दार विद्यार्थीलाई जनहि ५ हजारका दरले नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो ।