कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो ।
फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर जित निकाल्यो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गरी फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । तर इन्टरका लाउटरो मार्टिनेजले खेलको २९ औँ र ३७ औँ मिनेटमा गोल गरे ।