मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा आईतबार पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संयुक्त आयोजनामा पूँजी बजारका लगानीकर्तालाई सचेत गराउने साथै पूँजी बजारमा लगानीकर्ता भित्रयाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

May be an image of 5 people, people standing, people sitting and indoor

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष लक्षमण न्यौपानेको सभाअध्यक्षता एवम् नेपाल स्टक एक्सचेञ्ज लिमिटेड सञ्चालन समितीका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रसाद महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नयाँ शेयर लगानीकर्ताकोलागी सिडिएसको कार्य धितोपत्र शेयर, अग्राधिकार शेयर, डिबेन्चर बण्ड सम्बन्धी विषयमा जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा नेपालमा पुँजी बजारको महत्वपूर्ण भुमिका भएका संस्थाका नियामक निकाय, धितोपत्र बजार, केन्द्रीय निक्षेप सेवा लगाएत संस्थाहरुका बारेमा नयाँ शेयर लगानीकर्ताहरुलाई जानकारी गराईएको नेपाल पूँजी बजार लगानीकर्ता संघ मकवानपुरका संयोजक प्रमेश प्रधानले जानकारी दिनुभयो ।

May be an image of 8 people, including Pramesh Pradhan, people sitting and people standing

शेयर बजारको अबधारणालाई अगाडि बढाउँदै कोभिडले रोकिएको शेयर बजारको यात्रालाई निरन्तरता दिन समेत कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख पूर्ण प्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कामु साहायक प्रबन्धक प्रकाश देउला, कार्यकारी प्रमुख चन्द्र सिंह साउद, सिडिएसका सहायक प्रबन्धक सुनिल गुरुङलगायतको सहभागिता थियो ।