पोखरामा आज (शुक्रबार)देखि मेयर सम्मेलन हुँदै छ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् । महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए । उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।महानगरको छुट्टै सञ्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो । तर कार्यान्वयन भएन । मेयरहरुले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र सङ्घ सरकारमा बुझाउने बताएका छन् ।