मकवानपुर– मकवानपुर प्रहरीले लागूऔषध गाँजा र अटो सहित एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ११ किलो लागूऔषध गाँजा सहित अटो र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ११ किलो लागूऔषध गाँजा र अटो बरामद गरेको प्रहरीले जनाएको छ । पर्साको सखुवा पर्सौनी गाउँपालिा–२ का चन्द्रबहादुर दमाई र उनले चलाएको ना २ ह ४१०९ नम्बरको अटो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी नायव उपपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीले दमाईको साथबाट ६७ हजार नेपाली र २ हजार ५ सय भारतिय रुपैयाँ समेत बरामद गरेको उहाँले जानकारी दिनुभयो ।