हेटौंडा – छायादेबि स्मृति सम्मान २०७८ बाट सत्य निरुपण तथा मेलमिलाप आयोगका पुर्व आयुक्त डा. मानवी भट्ट सम्मानित हुनुभएको छ । शनिबार हेटौंडामा भएकाे नेपाल मानव अधिकार संगठन मकवानपुरको बार्षिक साधरण सभाको अवसरमा डा. भट्टलाई सम्मान गरिएको हो ।
भट्टलाई नगद ५ हजार सहित दोसल्ला र खादा ओढाएर सम्मान गरिएको छ । साधारण सभाको अवसरमा मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको प्रभाव बिषयक अन्तर सम्बाद समेत गरिएको थियो । नेपाल मानव अधिकार संगठन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्य, हेटौंडा उपमहानगरपालिकाकि उपमेयर मिनाकुमारी लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, हेटाैंडा–१० का वडा सदस्य इन्द्र नेपाल, कानुन व्यावसायी कृष्णप्रसाद अर्याल, इन्सेक प्रतिनिधि गणेश भण्डारी लागाएतले बोल्नु भएको थियोे । कार्यक्रममा संगठनका अध्यक्ष बस्नेतले मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको असरका बारेमा कार्यपत्र तथा बार्षिक प्रतिबेदन र कोषाध्यक्ष सर्मिला श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।