मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुृरले जिल्लाको भीमफेदी गाउँपालिकामा सञ्चालित आयोजनाहरुको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकामा संघीय सरकार, प्रदेश सरका, जिल्ला समन्वय समितिको मौजदात कोष र स्थानीय तहको लगानीमा सञ्चालित आयोजना अनुगमन गरेको हो ।

No description available.

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्बती राना, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँबरले गाउँपािलकाको समग्र अवस्थाका बारेमा टोलीलाई जानकारी गराउनुभएको थियो । उहाँहरुले ४ वर्षमा भएको आर्थिक र सामाजिक विकासले नागरिकको जिवनमा परिर्वतन भएको बताउनुभयो । उहाँहरुले ऐन नियम र स्रोतको अभावमा अझैपनि सोँचे अनुसारको काम गर्न नसकेको सेमत बताउनुभयो । भौगोलिक बनावटका कारण भौतिक पूर्वाधारमै ध्रै लगानी गर्नुपरेकाले समेत अपेक्षा अनुसार अझै गर्न नसकेको बताउनुभयो । उहाँहरुले जग बसाउने काम भने भएको र जनतामा आमुल परिर्वतन आएको समेत बताउनुभएको थियो । उहाँहरुले यो ४ वर्षमा प्रशासनिक र नितिगत समस्या धेरै भोग्नु परेको समेत बताउनुभयो । साथै प्रशासनिक र प्राविधक कर्मचारीको अभावले सेमत निकै समसया पारेको बताउनुभएको थियो । यस्तै प्राकृतिक स्रोतको व्यवस्थापनमा समेत माथिल्ले निकायका कारण समस्या भोग्नु परेको गुनासो गर्नुभयो ।

No description available.
No description available.

अनुगमन टोलीले भुकम्प पुननिर्माण प्राधिकरणद्धारा निर्माणाधिन भीमफेदी–ईपा–देउराली–सिस्नेरी सडक र पुलको अनुगमन गरेको थियो । २०७२ सालको भुकम्पका कारण क्षती भएको सडकमध्ये मकवानपुरमा निर्माणाधिन भीमफेदी–ईपा–देउराली–सिस्नेरी सडक भुकम्प पुनर्निमाण प्राधिकरण मार्फत २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण भईरहेको छ । त्यस्तै टोलीले भीमफेदी–५, सुपिङ्मा २ लाख लिटर क्षमताको करीब साँढे करोडको लागतमा निर्माणधीन डबल लिफ्टङ खानेपानी आयोजना, प्रदेश सरकारको एक कारोड र गाउँपालिकाको एक करोडको लागतमा निर्माण भएको भीमफेदी–सुपिङ स्ल्याब ढलान, जिससको मौजदात कोषबाट २ करोड लगानीमा निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवन, संघीय सरकारको लागतमा निर्माण भएको सडकलगायत अनुगमन गरेको थियो ।

No description available.

यस्तै टोलीले गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन केन्द्रको अनुगमन गरेर अवस्थाका बारेमा समेत जानकारी लिएको थियो । सो क्रममा गाउँपालिकामा कोरोना भाइरसको दोस्रो भेरीयन्टमा कुल २७६ जनाको परिक्षण गरेको मध्ये १६८ जनामा संक्रमण पुष्टि भएको र हालसम्म चार जनाको मृत्यु भएको जानकारी दिईएको थियो । आइसोलेसनमा हालसम्म ७५ जनालाई सेवा दिईएको अहिले १९ जना संक्रमित आइसोलेसनमा रहेको समेत बताईएको थियो । गाउँपालिकाले घरघरमै परिक्षणको व्यवस्था मिलाएको र अधिकांश नागरिक होम आइसोलेसनबाटै निको भएको समेत जानकारी दिईएको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, खरिदार विश्वास राना, भीमफेदी–५ का वडाअध्यक्ष जाहार सिंह लामालगायतको सहभागिता थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.