मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले विविधता भित्रको एकता नै नेपालको विशेषता भएको बताउनुभएको छ । हेटौंडा–६, गौरीटार स्थित श्रीकृष्ण प्रणामी मुल मन्दिरको ५२औं स्थापना दिवशका अवसरमा आयोजित साप्ताहिक पाठपारायणको समापन कार्यक्रममा उहाँले हाम्रो धर्म संस्कृति, रिती परम्पराले नै नेपाललाई एकताको सुत्रमा बाँधेको भन्दै यो नै हाम्रो बिशेषता र मौलिकता भएको बताउनुभएको हो ।

उहाँले धर्म संस्कृतिको माध्यमबाट समुदायलाई सुसंस्कृत र परिस्कृत बनाउन सकिने र समुदायलाई एकताबद्ध बनाउन मद्धत गर्ने बताउनुभयो । धर्म, संस्कृतिलगायत विविधता नै नेपालीको विशेषता भएको भन्दै समुदायलाई सुसंस्कृत र परिस्कृत बनाउँदै समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । धर्म संस्कृति, परम्परालाई व्यवस्थित गर्न सके मात्र सुसंस्कृत र अनुसाशित समाज निमाृण गर्न सकिने उहाँको भनाई थियो । समाजमा नकारात्मकता बढ्दै गएको अहिलेको परिपेक्षमा धर्मिक संस्कारका माध्यमबाट अनुशासित र मर्यादित र सकारात्मक समाज निर्माण गर्न मद्धत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले कुनै पनि धर्म संस्कृतिलाई संकृणताको घेरा भित्र राख्न नहुने भन्दै धर्म संस्कृतिलाई व्यवस्थित गर्दै समुन्नत समाज निर्माणमा योगदान गर्न समेत आग्रह गर्नुभयो । सो अवसरमा उहाँले उहाँले कृष्ण प्रणामी सेवा समितिमा देखिएको एकता र सहयोगको भावनाको प्रशंसा समेत गर्नुभयो ।

श्रीकृष्ण प्रणामी मुल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा विबर्तमान अध्यक्ष एवम् सहयोगि मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाई, श्रीकृष्ण प्रणामी सेवा समितिका जिल्ला अध्यक्ष अर्जुन प्रसाद वाग्ले, केन्द्रिय सदस्यहरु रामकृष्ण तिवारी, बद्री प्रसाद चौलागाईलगायतको सहभागिता थियो । २०७२ सालको भुकम्पका कारण क्षती भएको श्रीकृष्ण प्रणामी मुल मन्दिर करीब २ करोडको लागतमा निर्माण गरिएको हो ।