हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा समितिको भेला शनिबार सम्पन्न भएको छ । ४ नम्बर सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिब बुद्ध लामा, पार्टी प्रबक्ता प्रदीप कोइराला, एक नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, क्षेत्र नम्बर एक ख का उपसभापति गणेश उप्रेती, नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका कोषाध्यक्ष कबिन संगामी, नेतृ अन्जना उपाध्याय, नेपाल महिला संघ हेटौंडा ४ नम्बर सभापति रिता गौतम लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।कार्यक्रममा वडा सभापति पौडेलले पार्टीको गतिविधि समेटिएको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।