स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगरे अवस्था भयावह हुनसक्ने

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिन नदिन २५ जनाभन्दा माथि भेला नहुन र अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ । मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पनि कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको नयाँ लहर फैलनसक्ने अवस्था देखिन लागेकोले बढी भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको बताउनुभयो ।
शिक्षण संस्थाहरूको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस भने गरिनसकिएको उहाँले बताउनुभयो । ‘हामीले धेरै भिडभाड नगर्नुहोस् भनेका मात्र हौँ,अहिले नै विद्यालय बन्द गरौँ भनेर सिफारिस गरिएको हैन ।’ गौतमले रेडियो नेपाललाई बताउनुभयो । नयाँ खाले युके भेरियन्टबाट बच्न कसरी अगाडी बढ्ने भन्नेबारे कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा छलफल हुने उहाँले बताउनुभयो । स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने  अवस्था भयावह हुनसक्ने गौतम बताउनुहुन्छ ।

स्राेत–