हेटाैंडा– नेपालमा बुधबार (आज) एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार चार सय २८ पुगेको जानकारी दिनुभयो ।
अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा संक्रमण देखिएको हो । योसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।