हेटाैंडा–सरकार भनेको केहि निश्चित व्यक्तिको समुह हो, जसले राष्ट्र तथा राज्यमा निश्चित समयका लागि निश्चित पद्धतिद्धारा शासन गर्दछ । प्राय सरकारका तीन अंगहरु हुन्छन ( व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका), सरकारकै माध्यमबाट राज्यमा शासन नीति लागू हुने हो । सरकार संचालन गर्ने व्यक्ति पक्कै पनि कुनै न कुनै राजनितिक व्यवस्थासंग जोडिएको हुन्छ । तर, सरकार सबैको साझ हुन्छ र हुनु पर्दछ ।
अनि सरदार भनेको टोली नाईके, अरुको कुरा नसुन्ने, हठी, भौजाँहा, घमण्डी जस्ता कुरा हाम्रो मनमा झल्कन्छ । जसले अरुको कुरा नसुन्ने, आफुलाई जे ठिक लाग्यो त्यहि गर्ने, आफुनै सर्बेसर्वा ठान्ने, अरु सबैलाई खराव ठान्ने गर्दछ । अहिलेको स्थानीय सरकार (सबै होईन केहि) सरदार पारामा अगाडी बढेको जस्तै देखिन्छ । उनिहरुलाई आफ्नो ऐन नियम कानुन कार्यविधि के हो थाहा पाउँदैन तर, यो सबैको बावजुद मनोमानि ढंगले काम गरिरहेका हुन्छन । राज्यको ऐन, नियम, कानुनको परिधिमा रहेर सरकार संचालन गर्ने अधिकार सम्पन्न स्थानीय सरकारको रबैया देख्दा यदा कदा सरदारी परा झल्कन्छ । अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामा जुन कुरा कति पनि सान्दर्भिक र शोभनिय होईन । जसले राज्यका लागि र स्वयम स्थानीय सरकारका लागि पक्कै पनि हित गर्ने छैन ।
जनप्रतिनिधिहरुले के कुरा बिर्सनु हुन्न भने जनताले सिमित अवधिका लागि त्यो पदमा पु¥याएका हुन । जनताले ठुलो संघर्ष गरेर स्थापना गरेको संघीयता कार्यान्वयनको मुख्य आधार सहकार्य, समन्वय र सहअस्थित्व नै हो । संविधानले सबैको अधिकार र अस्थित्वलाई स्पष्ट व्यवस्था गरेकाले एक सामान्य नागरिक देखि उच्चपदस्थ व्यक्ति सम्मको मान सम्मानका विषयमा सबैले ध्यान दिनुपर्दछ । यस कुरामा हेटौंडा उपमहानगरपालिकाले विशेष ध्यान दिन जरुरी देखिन्छ । अरुलाई लाञ्छना लगाउनु भन्दा आफुलाई प्राप्त अधिकारको उपयोग गर्न ऐन, नियम, कानुन, कार्यविधि बनाउने र प्रयोग गर्ने तर्फ उपमहानगरपालिकाको ध्यान जान जरुरी छ ।
नेपालको बदलिदो परिवेशमा तीन तहको सरकार छ र सबैको आ–आफ्नो अस्थित्व रहेको छ । संविधानमै तीन वटै तहका सरकारबीच समन्वय, सहअस्थित्व र सहकार्य हुनुपर्ने स्पष्ट व्यवस्था रहेको छ । कसैले कसैलाई अधिकार दिनुपर्ने अवस्था छैन । हेटौंडा उपमहानगरपालिकाले विभिन्न कानुन बनाएर कार्यान्वयन समेत गरेको छ । तर, हालसम्म आधा पनि कानुन राजपत्रमा प्रकाशन गरेको छैन, जुन कुरामा सरकारको हिसाबले ध्यान पुग्न जरुरी छ । संविधानमा स्पष्ट अधिकारको व्यवस्था भए पनि आ–आफ्ना अधिकारको सही सदुपयोग नगर्दा, एकले अर्काको अस्थित्व नबुझदा पछिल्लो समय केहि तिक्तता देखिन थालेको छ । बिशेष गरि अहिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफुलाई राजा ठान्ने र नीति, नियमको पालना नगर्ने प्रबृतिका कारण सरकार र सरदारबीचमा भिन्नता देखिदैन । यति बेला हेटौंडा उपमहानगरपालिकाको व्यवहार पनि त्यस्तै देखिएको छ ।
गत शनिबार जिल्ला स्थित ढुङ्गा, गीट्टी, बालुवा अनुगमन समितिको निर्देशनमा डिभिजन वन कार्यालय हेटौंडाले हेटौंडा–१८ स्थित भोर्ले खोलामा अनाधिकृत रपमा खहरे उत्खनन् गरिरहेको अवस्थामा उपमहानगरपालिकाको स्काभेटर र टिपर नियन्त्रणमा लियो । सरकारी कामका लागि भन्दै अनाधिकृत रुपमा खोला उत्खनन् भईरहेको पाइए पछि वन कार्यालयका कर्मचारीले रोक्ने प्रयास गरे तर, त्यसको बेवास्ता गर्दै खोला उत्खनन् नरोकिएपछि स्काभेटर र टिपर नियन्त्रणमा लिईएको थियो । तर समस्या त तेतिबेला सृजना भयो जब, मेयर महतसंग भएको टेलिफोन बर्ता मिडियामा आयो । वास्तबमा त्यो आउनु हुन्थो, हुदैनथ्यो त्यसको छुट्टै विश्लेषण होला । तर, कसैको पद र प्रतिष्ठालाई नै वेवास्ता गर्नु जायज पक्कै होईन । एक जिम्मेवार पदमा रहेका व्यक्तिले अर्को जिम्मेवार पदमा रहेका व्यत्तिका बारेमा टेलीफोनमा व्यक्त गरेको अभिव्यक्ति सान्दर्भिक पक्कै थिएन ।
सरदारी पारामा आफु नै सबै थोक हो, अरुको अस्थित्व केहि होईन भन्ने अभिव्यक्ति त्यो पदमा रहेर गर्नु उचित पक्कै थिएन । मेयर महतले सरकारी गाडी नियन्त्रणमा लिन नमिल्ने तथा भोलिको दिनमा राम्रो नहुने भन्ने शब्द प्रयोग गर्नु कतिको सुहाउँछ ? के निति नियम सरकारी कार्यालयले पालना गर्नुपर्दैन ? यसका साथै आफु भन्दा माथिल्लो निकायमा रहेका व्यक्ति वा संस्थालाई के भन्ने हेक्का मेयर साहेबले राख्नु पथ्र्यो । २० भोटे देखि २५ हजार भोटे सम्मका कुरा गर्नु कतिको सान्दर्भिक थियो । भोट त सबै जनप्रतिनिधिले ल्याएका हुन मेयर साहेबको सहित १ भोट बढी नै हुन्छ होला त्यो पनि बिचार पु¥याउनु पथ्र्यो होला । भोट ल्याएरै जिते पनि आफुले जे भन्यो त्यहि हुनुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिनु उचित हो कि होईन बिचारणिय छ ।
जनताले कसैको १२ बजाउन पक्कै पनि मेयर साहेबलाई जिताएका हेईनन होला । कसैले ठुलो कुरो गरे १२ बज्छ भन्ने जस्ता शब्दको प्रयोग गर्न मिल्थ्यो कि मिल्दैनथ्यो मेयर साहेवले सच्याउनु पक्कै पर्छ । उहाँले प्रयोग गर्नुभएका शब्दमा दम्भको भाव झल्किन्छ जुन उच्च पदमा जनताको काम गर्न जनताले पठाएका व्यक्तिले बोल्न हुँदैनथ्यो । त्यसैले जनाताको सरकारले जनताको हितकालागि काम गर्दा समन्वय, सहअस्थित्व र सहकार्य गरेर काम गरौं, जनताले विकास चाहेका छन् विकास गर्ने तर्फ लागौ, आफु सम्मानीत हुनका लागि आफुले सबैको सम्मान गर्ने बानीको विकास गरौं, सरदार हैन, सरकार बनेर काम गरौं ।।