मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्धारा सञ्चालित आईसोलेसनबाट आज १८ जना कोरोना संक्रमित विरामी निको भएर डिस्चार्ज हुनुभएको छ । आइसोलेसन वार्डबाट प्राप्त विवरण अनुसार आज साँझ १६ जना पुरुष र २ जना महिला गरि १८ जना संक्रमित निको भएर डिस्चार्ज हुनुभएको हो । यस्तै आज एक जना बिरामीलाई होम आइसोलेसनमा पठाइएको साथै अहिले आइसोलेसनमा २५ जना रहनु भएको जानकारी दिईएको छ । अहिले आइसोलेसनमा २१ जना पुरुष र ४ जना महिला रहनुभएको बताईएको छ ।

आज थप १५ जनामा संक्रमण पुष्टि

मकवानपुरमा आज साँझ थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ८ जना पुरुष र ७ जना महिला गरि १५ जनामा संक्रमण पुष्टि भएकाे हाे । आज हेटाैंडा उपमहानगरपालिका क्षेत्रका ११ जना मनहरी गाउँपालिकाका २ जना, थाहानगरपालिकाका एक जना र जितपुर सिमराका एक जनामा संक्रमण पुष्टि रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।