हेटौंडा– नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि छनोट शुक्रबार (आज) हुँदैछ । जिल्लाका १०२ वटै वडामा जिल्ला अधिवेशन प्रतिनिधि छनोटको कार्य भइरहेको नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जनाकारी दिनुभयो ।
नेकपा एमालेको मकवानपुर जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अधिवेशनको लागि जिल्लाका ९ हजार संगठित सदस्यहरुले वडाबाट प्रतिनिधि छनोट गर्ने सचिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि मकवानपुरको १०२ वडाबाट ४१६ जना प्रतिनिधि छनोट हुने छन् । यस्तै जिल्ला अधिवेशन आयोजक कमिटीका ३३८ जना स्वतः प्रतिनिधि हुने व्यवस्थाअनुसार जिल्ला अधिवेशनमा करिब ८ सय प्रतिनिधि हुने उहाँले जानकारी दिनुभयो ।
प्रतिनिध छनोट गर्दा एमालेले खुलामा ३० जना संगठित सदस्य बराबर एक, महिलाको २० जना संगठित सदस्य बराबर एक, १० जना दलित प्रतिनिधि बराबर १ प्रतिनिधि, एउटै पालिकाबाट ३ जनाभन्दा बढी दलित प्रतिनिधि आउने भएमा १ महिला अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।