मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत् बुधबारको खेल स्थगित भएको छ । बुधबार हुने भनिएको मकवानपुरको एफसी विजय युथ र बाराको नव जनजागृति युवा क्लबबीचको खेल वर्षाका कारण खेलमैदान जलमग्न भएपछि स्थगित गरिएको हो ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार आजको खेल भोली बिहबिार बिहन ८ः३० बजे हुने छ । प्रतियोगिताका संयोजक प्रताप बिष्टका अनसार, बिहीबारका लागि निर्धारित खेल भने तालिकाअनुसार नै दिउँसोको ३ बजेदेखि हुनेछ । यसअघि गत शनिबार पनि वर्षाकै कारण एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीचको खेल प्रभावित भएको थियो ।
मकवानपुरका स्थानीय तहहरुको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको विजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ । १२ टीमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल आगामी ३० गते हुने छ ।