मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकाले बिगत ४ वर्षमा सडक पूर्वाधार, स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेख्य उपलब्धी हाँसिल गरेको बताएको छ । बुधबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा गाउँपालिकाको आयोजनाहरुको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षले बिगत ४ वर्षमा सडक पूर्वाधार, स्वास्थ्य क्षेत्र र खानेपानीका क्षेत्रमा प्राप्त उपलब्धीबाट सन्तुष्टि मिलेको बताउनुभयो ।

जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सबै भन्दा सन्तुष्टि परेवा भीरको बाटो निर्माण भएर लागेको बताउनुभयो । वर्षेनी परेवा भीरका कारण मृत्यु हुने समस्या समाधान हुने भएकाले आफुलाई निकै खुसी तुल्याएको उहाँले बताउनुभयो । उहाँले विकट क्षेत्र भएकाले काम गर्न समस्या भए पनि स्वास्थ्य, शिक्षा, खानेपानलगायतका आधारभुत आवश्यक्ता समेत क्रमस परिपुर्ति हुने क्रममै रहेको उहाँको भनाई थियो । सिटामोल समेत खान नमान्ने, नपाउने नागरिकलाई हरेक वडाबाट स्वास्थ्य सेवा प्रदान गर्न सफल भएकोमा सन्तुष्टि मिलेको उहाँको भनाई थियो । यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङले गाउँ, गाउँमा सडक पुर्वाधार निर्माण हुँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले गाउँगाउँमा सडक र घर÷घमा धारा पु¥याउन सफल भएका छौं त्यसमै सन्तुष्टि मिलेको बताउनुभयो । स्वास्थ्य सेवा नपाएर मृत्यु बरण हुनुपर्ने समस्याबाट नागरिकले मुक्ति पाएको कुरामा निकै सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।

अनुगमन टोलीले जिससको मौजदात कोषबाट ५० लाखको लागतमा निर्माण भएको अस्थाई कोभिड अस्पत, एक करोड लागतमा निर्माण भएको छात्रावास, निर्माणधीन स्वास्थ्य केन्द्र, खानेपानी आयोजना, निर्माणाधीन परेवाभीर सडकलगायत आयोजनाहरुको अनुगमन गर्नुका साथै गाउँपालिकामा कोरोनाको अवस्थाका बारेमा समेत जानकारी लिएको थियो । गाउँपालिकामा हालसम्म १२० जनामा संक्रमण पुष्टि भएको जानकारी दिईएको छ । जसमध्ये ५० जना निको भईसकेको ५० जना होम आइसोलेसनमा रहेको र आइसोलेसनमा २ जना उपचाररत रहेको जानकारी दिईएको थियो । भने, हालसम्म गाउँपालिका एक जनाको ज्यान गएको जानकारी दिईएको छ ।

अनुगमनका क्रममा प्रमुख खुलालले आगामी वजेट निर्माण, कोभिड नियन्त्रणलगायतमा ध्यान दिन आग्रह गर्नुभयो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरिक्षाक साेमेन्द्र सिंह राठाैर, सुपारेटार व्यारेकका कर्नेल राजेश थापा, शसस्त्र प्रहरी उपरिक्षक निरकृष्ण अधिकारी, जिससका शाखा धिकृत भीमलाल महर्जन, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत युवराज आचार्य, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल अर्जुन दाहाललगायत गाउँपालिकाका कर्मचारीहरुको समेत सहभागिता थियो ।

This image has an empty alt attribute; its file name is raksirang_13-1024x683.jpg