मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १७७ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ७२ जना र संस्थागत आइसोलेसनबाट ५ जना गरी १७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जजानकारी दिएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ६४२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय २४ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको कार्यलयले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यलयले जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१४ का ७५ वर्षीय पुरुष र हेटौंडा–१८ का ७२ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ । जिल्लामा हाल १ हजार ६९९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा र १ सय १५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।