मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सदरमुकाम हेटौंडामा सञ्चालन गरेको होल्डिङ स्टेसन तत्कालकालागि बन्द गरिएको छ । आज एक सुचना जारी गर्दै तत्कालकालागि होल्डिङ स्टेसन स्थगन गरिएको जनाएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालद्धारा हस्ताक्षरित सुचनामा असोज १ गतेबाट अर्को सुचना नभएसम्मकाका लागि होल्डिङ स्टेसन बन्द गरिएको उल्लेख गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण वैदेशिक रोजगारी तथा अन्य विभिन्न कारणले छिमेकि राष्ट्र भारतसहित बाहिरी मुलुकबाट स्वदेश फर्किएका मकवानपुरे नागरिकलाई सदरमुकाममा केहि समय होल्ड गराउने र व्यवस्थित रुपमा सम्बन्धीत स्थानीय तहसम्म पुग्न सकुन भन्ने उदेश्यका साथ होल्डिङ स्टेसन सञ्चालन गरिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
प्रमुख खुलालले जिल्ला बाहिरबाट आएका मकवानपुरे जनतालाई केहि समय होल्ड गराएर सहज रुपमा सम्बन्धीत स्थानीय तहसम्म पुग्ने व्यवस्थापन गर्दै आएकोमा हाल जिल्लामा लकडाउन र निषेधाज्ञा खुकुलो हुँदै गएको साथै नेपाल सरकारले छोटो तथा लामो दुरीको यातायातका साधनहरु समेत खुलाएको साथै जिल्लाका विभिन्न स्थानीयतहहरुले नै क्वारन्टाईन, आइसोलेसन कक्ष सञ्चालन गरिरहेकोले तत्कालका लागि अर्को सुचना नभएसम्मकालागि होल्डिङ स्टेसन बन्द गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका स्थानीय तहहरु, विभिन्न व्यक्ति एवम् संघ/संस्थाको सहयोगमा गत जेष्ट २८ गते देखि संचालन गरेको होल्डीङ्ग स्टेशनमा हालसम्म ९ सय ६९ जनाले सेवा लिएको समेत उहाँले जानकारी दिनुभयो ।