कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा आज थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र एक जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ६४ बर्षीया महिला, चितवनकी ३६ बर्षीया महिला, कैलालीकी ५७ बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौँका ८७ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
