राष्ट्रियसभामा मनोनीत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले शपथग्रहण र्गनुभएको छ । उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथग्रहण गराउनुभएको हो ।

गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत गर्नुभएको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्ये एक सिट रिक्त थियो ।