हेटौंडा– मकवानपुर प्रहरीले लकडाउन उलंघन गर्ने करिब साढे १३ सय सवारी साधनलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ । लकडाउन उल्लंघन गरेर सवारी साधन चलाएको भन्दै मकवानपुरको हेटौंडा लगायत विभीन्न स्थानीय तहबाट हाल सम्म् एक हजार ३ सय ४९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
सवै भन्दा वडी हेटौंडाबाट सवारीका साधन नियन्त्रणमा लिइएको छ । लकडाउनको २३ औं दिनसम्म सबै भन्दा बढी मोटरसाइकल, कार, अटो, मयुरी, ट्याक्टर लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । साे अबधिमा लकडाउनको उलंघन गर्दै सडकमा निस्कने ९५ जनालाई नियन्त्रणमा लिएर छाडिएको समेत उहाँले वताउनुभयो ।