मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले तिहार विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यहि कार्तिक १४ गते तिहार विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष खुलालका अनुसार यो वर्ष फाउन्डेसनको रजत वर्ष समेत परेकाले रजत वर्ष कार्यक्रमसंगै चार्डपर्वका अवसरमा शुभकामना आदान प्रदान तथा तिहार विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ । उहाँले उक्त कार्यक्रमहरु कार्तिक १४ गते दिनको २ बजेबाट हेटौंडा–४, स्थित क्लव हेटौडामा सबै पक्षको सहभागितामा सञ्चालन हुने बताउनुभयो । सो अवसरमा राजत वर्ष प्रतिवेदन प्रस्तुत गर्ने, शुभकामना आदान प्रदान र तिहार विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ ।