बिवश अधिकारी
मकवानपरगढीः मकवानपुरगढी गाउ“पालिका–३ धमिलेडा“डाका ४८ वर्षिय किशान बद्री प्रसाद तिमल्सीना व्यवसायिक कृषि क्षेत्रमा लाग्नुभएको छ । विगत १७÷१८ वर्ष देखि किशान पेशामै लाग्नुभएका तिमल्सीना बिहानै सबेरै देखि बेलुकी सम्म तरकारी बारीमै रमाउनुहुन्छ । उहा“ले आफुसंगै आफ्ना पविार लगायत अन्य ४ जनालाईसमेत दैनिक रोजगारी प्रदान गर्नुभएको छ । व्यवसायिक तरकारी खेती गरिरहनुभएका तिमल्सीनाले वार्षिक २५ लाख रुपैया“ सम्म आम्दानी गर्नुहुन्छ । आफ्नो तथा भाडामा समेत गरि करीब ६ बिगाहा तरकारी खेती गरेर खर्च कटाएर १२ देखि १५ लाख रुपैया“ आम्दानी गर्न सफल भएको बताउनुभयो ।
तीमल्सीना कृषि तथा फलफुल फार्ममा बाह्रैमास गोलभेडा खेतीलगायत मौसम अनुसारका अन्य तरकारी खेती गनूृभएको छ । फार्ममा काक्रा, घिरौंला, बोडी, सिमी, भेण्टा, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । उहा“ले एउटै गोलभेडाको बोटबाट २५ किलोसम्म उत्पादन गरेको बताउनुभयो । उहा“को कृषि विकास निर्देशनालय अन्तरगतको प्रिसिजन तथा प्रोटेक्टेड हर्टिकल्चर प्रविधि विस्तार कार्यक्रम मार्फत १५ सय वर्ग मिटरको उच्च मुल्यको तरकारी उत्पादनकालागी टनेल बनाउन ८ लाख ४ हजार सहयोग प्राप्त भएको छ । उहा“ले आफ्नै समेत १३ लाख जती लगानी रहेको बताउनुभयो । फार्ममा चक्रिय प्रणालीमा तरकारीहरु लगाउने गरेको उहा“ले बताउनुभयो । “पैसा कमउन विदेश जानु पर्दैन नेपालमै मिहनेत गर्ने हो भने प्रसस्त अवसरहरु छन् ।”उहा“ले भन्नुभयो । “पैसा कमाउने रहर गरेर मात्र हुन्न, त्यसका लागि सबैभन्दा पहिले व्यक्तिमा आत्मबिश्वास हुनुपर्छ, काम गर्ने जा“गर हुनुपर्छ” तिमल्सीनाले भन्नुभयो ।
तिमल्सीनाले कृषि व्यवसाय संचालनमा बिचौलियाले गर्दा तरकारीको उचित मुल्य पाउन नसकेको, कृषि सडकको अभाव रहेको, सिंचाईको समस्या रहेको गुनासो गर्नुभयो । उहा“ले किसानलाई सबै भन्दा ठुलो बजारको समस्या रहेको भन्दै त्यसमा सरकारले सहयोग गरेमा अझै बढी हौसला मिल्ने तथा कृषि प्रति किसानको आर्कषण बढ्ने बताउनुभयो । बाटो, सिंचाई र बजारको ठुलो समस्या रहेको भन्दै तिमल्सीनाले सरकारले किनने ग्यारेन्टी गर्ने हो भने यसमा युवाहरु पनि आकर्षित हुने बताउनुभयो । उहा“ले किसानले जति पनि उत्पादन गर्न सक्छन तर बजारको ग्यारेन्टी नहु“दा सधै निरास हुने गरेको बताउनुभएको छ ।
तिमलसिनाले गर्नुभएको व्यवसायिक तरकारी खेतीको अवलोकन गर्न बुधबार जिल्ला समन्वय समितितका प्रमुख रघुनाथ खुलाल तथा मकवानपुर गढी गाउ“पालिकाका अध्यक्ष बिदुरहुमागाई पुग्नुभएको थियो । अनुगमनका क्रममा तीमल्सीनाको बारिमा लगाईएको गोलभेडा, काक्रो, खुर्सानी, बोडी, करेला, भिन्डीलगायतको तरकारी खेतीको अवलोकन गर्नुभएको छ । अवलोकनकै क्रममा उहा“ले कृषक तिमल्सीनाको कामको खुलेर प्रशंसा गर्नुभएको थियो ।
प्रमुख खुलालले तिमल्सीनासंग व्यवसाय गर्दा आएका समस्याहरुका विषयमासमेत जानकारी लिनुभएको छ । उहा“ले किसानको समस्याका बारेमा केन्द्रीय तथा प्रदेश सरकार साथै गढी गाउ“पालिकाले समेत काम गरिरहेको भन्दै समस्याकोसमाधानका लागि समन्वय गर्ने बताउनुभएको छ । अनुगमन टोलीमा गढी गाउ“पालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमीरे, जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सामाजिक विकास अधिकारी राम कृष्ण थापा, नायब सुव्वा डिल्ली रेग्मीलगायतकाको सहभागिता रहेको थियो ।