मकवानपुर– कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका समयमा सवारी संचालनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उपलब्ध गराईदै आएको सवारी पास आज देखि बन्द गरीएको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा प्रतिकार्यको कामलाई तिव्रता दिन गठित कमाण्ड पोष्टको आज (चैत्र–१९ गते) बसेको बैठकले सवारी पास जारी नगर्ने निर्णय गरेको हो ।
अत्यावश्यक बाहेकका व्यत्तिले समेत सवारी पास लिएर दुरुपयोग गरेको तथा लकडाउनको उलङ्घन बढेकाले पास जारी नगर्ने निर्णय गरेको कमाण्ड पोष्टका सदस्य जिल्ला समन्वय समिति मकवानपुरका शाखा अधिकृत भिमलाल महर्जनले जानकारी दिनुभयो । त्यस्तै आजको बैठकले अत्यावश्यक समाग्री खरिद गर्ने समय समेत परिर्वतन गरेको उहाँले बताउनुभयो । बैठकले अत्यावश्यक दैनीक उपभोग्य सामग्री तरकारी पसल तथा किराना पसल आज देखि १० देखि ३ बजे सम्म खुलला गर्ने निणर्य गरेको उहाँले बताउनुभयो । साथै औषधि पसरल भने चौबिसै घण्टा खुल्ला गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कमाण्ड पोष्ट बैठकले निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्न÷ गराउनु समेत अनुरोध गरेको छ ।