हेटौंडा– मकवानपुरमा जारी निषेधाज्ञाको अवज्ञा गरी ब्यवसाय संचालन गर्ने हेटौंडाका १२ जना ब्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ । मंगलबार जिल्ला प्रशसन कार्यालयद्धारा उपहानगरपालिकाका विभिन्न वडाबाट अनुगमनका क्रममा निषेधाज्ञाको अवज्ञाा गर्ने १२ जना ब्यवसायीलाई पक्राउ गरी जरिवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रेस–नोट जारी गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का ६ जना, हेटौंडा उपहानगरपालिका वडा नम्बर–४, ५, ९, १०, १६ र १७ का एक/एक जना गरी १२ जना ब्यवसायीलाई कोभिड–१९ संकट ब्यवस्थापन आदेश, २०७८ को दफा २१ र २२ बमोजिम कार्वाही गरिएको जानकारी दिएको छ । निषेधाज्ञाको अवज्ञा गरी ब्यवसाय संचालन गर्ने ब्यवसायीलाई १ हजारदेखी ५ हजार सम्म जरिवान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गर्तौलाद्धारा जारी प्रस नोटमा उल्लेख छ । १२ जना ब्यवसायीबाट जरिवानाबाट ४२ हजार रकम संकलन भएको उक्त प्रस नोटमा उल्लेख छ । साथै प्रशासनले जिल्लाभित्र कोभिड–१९ रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनको लागि जारी गरिएको निषेधाज्ञाको पालना गरि रोकथाम तथा नियन्त्रणमा आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी प्रेस–नोट
