मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मंगलबार हेटौंडा–९ र १३ जोड्ने कुख्रेनी खोलामा निर्माणाधिन पुलको अनुगमन गर्नुभएको छ । पुल निर्माणका क्रममा जम्मा गरीएको ग्रावेलका कारण खेती योग्य जग्गा तथा पर्यटकिय क्षेत्र कुष्माण्ड सरोवर त्रिवेणी धाममा क्षती पुग्ने भन्ने गुनासो आएपछि प्रमुख खुलालले सो क्षेत्रको अनुगमन गर्नुभएको हो ।

No description available.

१८ महिनामा सम्पन्न गर्ने गरी तत्कालिन जिल्ला विकास समितिद्धारा ठेक्का लगाइएको उक्त पुल करीब ७ वर्ष पुरा हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् । तत्कालिन जिल्ला विकास समितिबाट ठेक्का बन्दोबस्ती भएको सो पुल हाल प्रदेशमा हस्तान्तरण भएर प्रदेश पूर्वाधार कार्यालय मार्फत निर्माण भइरहेको छ । पुल निर्माण नहुँदा हरेक वर्ष स्थानीयले बर्षा महिनामा समस्या भोग्दै आएका छन् । तर, यो वर्ष पुल निर्माणका कारण खोलाको सतह बढ्नुका साथै बहाव समेत मोडिएका कारण नदि किनारका खेती योग्य जमिन तथा मकवानपुरकै ठुलो एवम् महत्वपूर्ण कुष्माण्ड सरोवर त्रिवेणी धाममा समेत क्षती पुग्ने देखिएको छ ।

No description available.

स्थानीयको गुनासो पछि जिसस प्रमुख खुलालले आज उक्त क्षेत्रमा अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले पुल निर्माणका क्रममा थुपारिएको ग्रबेल तत्काल व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले बर्षा अगावै उक्त क्षेत्रमा जम्मा भएको तथा पुल मुनिको ग्रावेल व्यवस्थापन नगरे बर्षामा ठुलो क्षती पुग्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको पपनि सहभागिता थियो ।

No description available.
No description available.
No description available.
No description available.