हेटौंडा । मकवानपुरको नामटारमा आज नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौला पुग्दा स्थानीय वासिन्दाहरुले भव्य स्वागत गरेका छन् । साविकको नामटार गाविसमा जन्मनु भएका बतौंला आफ्नै गाउँमा उम्मेदवारका रुपमा कार्यक्रममा पुग्दा स्थानीयमा खुसीको सिमानै रहेन । नामटारको इतिहासमानै पहिलो पटक स्थानीय क्षेत्रको प्रतिनिधीसभाको सदस्यका उम्मेदवारका रुपमा बतौलालाई पाउँदा उनीहरुले औपचारिक कार्यक्रममा भाषण गर्दा निकै खुसी व्यक्त गरेका छन् । स्थानीय क्षेत्रको युवा उम्मेदवारलाई गाउँमा स्वागत गर्न पाउँदा खुसी भएका स्थानीयहरुले फूल मालाले स्वागत गरे ।

अरु अघिपछी गरिने कार्यक्रममा भन्दा आजको कार्यक्रममा नामटार क्षेत्रबाट घरघरबाट स्थानीयहरु चुनावी कार्यक्रममा सहभागि भएका थिए । स्वागत कार्यक्रममा खुसी हुँदे आफ्ना गाउँमा बर्षौअघिदेखि परेका खानेपानी, सडक, विजुलीका समस्या संगै शिक्षा, स्वास्थ्यका समस्याहरु खुलेर राखे । कार्यक्रममा बोल्दै बर्तौलाले आफुले यस क्षेत्रको सबै खालका समस्या बुझेको र समाधान गर्न तयार रहेको बताउनुभयो । पहिलेका उम्मेदवारहरुले हरेक चुनावमा नामटारमा पुग्ने पक्की सडक निर्माणको कुरा उठाएपनि कार्यान्वयन नगरेकोमा चिन्ता व्यक्त गर्दै बतौंलाले आफुले बोलेका कुरा पुरा गरेर देखाउने बताउनुभयो ।

यहाँको विकासका लागि आफु पाँच बर्ष सम्म यही क्षेत्रमा रहेर काम गर्ने वताउनुभयो । सडक, खानेपानी र विजुलीका विषयमा धेरै राजनीति भएको वताउँदै उहाँले अब काम गरेर देखाउने वताउनुभयो । अरु नेता जस्तो चुनावमा आस्वासन मात्र बाड्ने मात्र भन्दा पनि आफु काम गरेर देखाउने वताउनुभयो ।

यसैगरी आज कैलाश गाउँपालिकाको कालिकाटारमा आयोजित सभामा बोल्दे बर्तौलाले जिल्लाको विकट यस क्षेत्रको हरेक विकासका काममा आफु सधैब साथमा रहने वताउनुभयो । वर्षायाम लागेपछी सदरमुकाम ओहोर दोहोर गर्नका लागि समस्या भएकाले यो समस्या सधैका लागि अन्त्य गर्न आफु तयार रहेको वताउनुभयो ।

कार्यक्रममा एमालेका तफृबाट क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले आफुले यस क्षेत्रमा जित्नेमा कुनै संकानै नरहेको वताउनुभयो । अरुले फोस्रा आस्वासन मात्र बाड्ने र आफुले काम गरेर देखाउने वताउनुभयो ।