मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्रमा शव दाह स्थल निर्माण अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा धार्मिक पर्यटकिय क्षेत्र त्रिवेणी धाममा निर्माणाधीन दाह संस्कार स्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको ६० लाखको लागतमा दाह संस्कार स्थल निर्माण भइरहेको हो ।

राप्ती, कुख्रेनी, र कर्रा खोलाको संगम स्थल त्रिवेणीधाममा ब्यवस्थित आर्यघाट नहुँदा समस्या हुने गरेको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरेपछि शव दाह स्थल निर्माणको काम भईरहेको हेटौंडा–९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी बताउनुभयो । अघिल्लो वर्ष ३० लाख र यो वर्ष ३० लाख गरेर प्रदेश सरकारले ६० लाख रुपैया सहयोगमा निर्माणधीन दाह संस्कार स्थलको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

निर्माणधीन दाह संस्कार स्थलको मंगलबार जिल्ला समन्वय समितिका प्रमुख खुलालले अनुगमन समेत गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले निर्माणकर्तासँग जानकारी समेत लिनुभएको थियो । सो क्रममा निर्माणकर्ताहरुले अबको केहि दिन भित्र निमाृण सम्पन्न हुने जानकारी दिएका थिए । कुष्माण्ड सरोवर त्रिवेणी धाममा मकवानपुरलगायत छिमेकि जिल्लाबाट समेत दाह संस्कारका लागि ल्याउन थालेपछि आवश्यक्ताका आधारमा उक्त स्थानमा शव दाह स्थलको निर्माण गर्न लागिएको हो । कुष्माण्ड सरोवर त्रिवेणी धाममा मृत्युसंस्कारका लागि आर्यघाट निर्माणको बिषय लामो समयदेखि उठ्दै आएको थियो ।