मकवानपुर– २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित मकवानपुरका २० हजार बढी लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन । जिल्ला सहजीकरण समितिको बैठकमा जिल्लामा कुल २० हजार १३५ घरको निर्माण सम्पन्न भएको जानकारी दिईएको छ ।
जिल्ला सहजिकरण समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख बिमल किशोर केपीले अनुदान सम्झौता गरेर घर निर्माण सुरु गरेका ३० हजार ५०५ जना लाभग्राही मध्ये २० हजार २० हजार १३५ घरको निर्माण सम्पन्न भएको छ । साउन मसान्त सम्ममा जिल्लामा कुल ३४ हजार ६ सय ८६ पुननिर्माण लाभग्राही पहिचान भएका मध्ये ३१ हजार ३५ संग अनुदान सम्झौता भएर ३० हजार ९८४ जनाले पहिलो, २६ हजार ५२० जनाले दोस्रो र २१ हजार ६५७ जनाले तेस्रो किस्ता प्राप्त गरेका छन् । अहिलेसम्म पनि ३ हजार ६ सय ५१ जनासंग अनुदान सम्झौता हुन नसकेको समेत उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा हालसम्म १३ हजार २४९ जना प्रवलीकरण लाभग्राही पहिचान भएका मध्ये १० हजार ११० जनासंग सम्झौता भएको १० हजार ६० जाले पहिलो र ११५ जनाले मात्र दोस्रो किस्ता प्राप्त गरेको साथै अझैपनि ३ हजार १३९ जनासंग सम्झौता हुन बाँकी रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लामा छुट तथा पुनः जाँचका लागि दर्ता भएका ८ हजार गुनासा मध्ये ७ हजार ८ जनाको गुनासो सम्बोधन भएर ६ हजार ६८ जना लाभग्राही कायम भएको समेत जानकारी दिनुभयो । प्रमुख केपीले जिल्लामा प्राविधिक पुग्नु अगावै ६२२ घर बनेको पाईएको बताउनुभयो ।
त्यस्तै जिल्लामा हालसम्म १९ जनाले अनुदान रकम फिर्ता गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा पुननिर्माणबाट प्रबलीकरणमा १७ जना र प्रबलीकरणबाट पुननिर्माणमा २२६ जना लाभग्राही परिर्वतन भएको जानकारी दिनुभयो । हालसम्म जोखिमयुत्तः बस्तिमा परेका २६ लाभग्राही मध्ये २२ जना अन्यत्र जग्गा खरिद गरि स्थानान्तरण भएको र जिल्लामा जोखिम बर्गममा परेका लाभग्राही ६२७ पहिचान भएको बताउनुभयो । साथै साबिककै स्थानमा घर निर्माण गर्न स्वीकृत प्राप्त भुमिहिन लाभग्राही ५ हजार १८७ रहेको मध्ये ६० जनाले मात्र अन्यत्र जग्गा खरिद गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला सहजिकरण समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले निजी आवास पुनर्निर्माणको कार्य सकेसम्म छिटो सम्पन्न गर्ने तर्फ ध्यान केन्द्रित गर्दै सरकारी संरचना राम्रो बनोस भन्ने सुझाव दिनुभयो । उहाँले सरकारी संरचना निर्माण कार्यमा निरन्तर अनुगमन गर्न निर्देशन समेत दिनुभयो ।