फाइल फाेटाे

हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराएर अस्पतालबाट फिर्ता हुनुभएकाे छ । प्रधानमन्त्री ‌‌ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र जानुभएको र अत्यावश्यक परीक्षण गरी फर्कनुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत जानकारी दिनुभएकाे छ । प्रधानमन्त्रीलाई समस्या आएर नभइ नियमित जाँचको लागि अस्पताल लगिएको पनि उहाँले जानकारी दिनुभयो ।