काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई कडा प्रतिस्पर्धामा पराजित गर्नुभएको हो । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकोमा लिङदेनको पक्षमा लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएउनुभएकाे छ । ४३१ मत भने बदर भएको छ ।पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो ।निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ । यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गर्नुभएको छ ।