मकवानपुर – नेपाली कांग्रेसको १४औं माहाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापतिमा पुन मतदान हुने भएको छ । नेपाली काङ्ग्रेसको बिधान अनुसार सभापतिमा कसैको पनि ५१% मत प्राप्त नभए पछि आज पुन मतदान हुने भएको हो ।
निर्वाचन समितिका संयोजक केशव काफ्लेका अनुसार सभापतिमा ईन्द्रबहादुर बानियाँले बढि मत प्राप्त गर्नु भएको छ । सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत पाउनु भएको छ, भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ र तेस्रो हुने भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नुभएको छ । बढि मत प्राप्त गर्नुहुने बानियाँको ४८ प्रतिशत मत रहेको छ । कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा आइतबार पुन मतदान हुने काफ्लेले बताउनुभयो । माहधिवेशन निर्वाचनमा कुल २ हजार १ सय ५१ मतमध्ये २०८३ मत खसेको थियाे ।