हेटौंडा– हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले मंगलबार शिलान्यास गर्नुभएको छ । भवन अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको वडा र्कायालयको नयाँ भवन तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमै निर्माण हुन लागेको हो ।
भवन शिलान्यास गर्दै नगर प्रमुख लामाले भवन निर्माणको गुणस्तरलाई ध्यान दिन आग्रह गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाको लगानीमा निर्माण हुन एक तल्ले ६ कोठाको भवन उपभोक्ता समिति मार्फत निर्माण थालिएको हो । करीब ४० लाख रुपियाँको लागतमा निर्माण हुने भवनमा उपभोक्ता समितिको १० प्रतिशत लागत सहभागिता रहने वडा अध्यक्ष सुकराम केसीले बताउनुभयो ।
त्यस्तै मंगलबार मेयर लामाले हेटौंडा ९ मा रहेको प्रगती माध्यमिक बिद्यालयले निर्माण गर्न लागेको भवनको पनि शिलान्यस गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपियाँको लगानीमा निर्माण हुने व्यवसायिक भवनको जगको काम पहिलो चरणमा गर्न लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीले जानकारी दिनुभयो ।