मकवानपुर – बागमती प्रदेश सरकारले आफ्नो एक सय दिन उपलब्धिपूर्ण रहेको जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक सय दिन पुरा गरेको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै शिक्षा, सामाजिक, युवा र खेलकुदका क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, पूर्वाधार विकासका क्षेत्र, रोजगार तथा यातायात क्षेत्र, पर्यटन, उद्योग तथा सहकारी क्षेत्र, वन तथा वातावरणका क्षेत्र, आन्तिरिक मामिला तथा कानून र विपद्का क्षेत्र, सार्वजनिक प्रशासन एवं कर्मचारी व्यावस्थापनका क्षेत्रमा गरिएका काम उपलब्धिपूर्ण रहेको बताउनुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री जम्मकट्टेलले छिट्टै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभयो । मन्त्रालयको संख्या कुनैपनी हालतमा बृद्धी नहुने र अहिले भइरहेका मन्त्रालयमा मन्त्री नियुक्त गरिने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री जम्मकट्टेलले सरकारले एक सय दिनमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
यस्ता छन् मुख्यमन्त्रीका एक सय दिनका उपलब्धीहरु ।









