मकवानपुर– बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफ नामक अन्तराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करीब १ करोड ७० लाख बराबरका विभिन्न स्वास्थ्य साग्री हस्तान्तरण गरेको हो ।
संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यका साथ एक करोड ७० लाख बराबरको स्वास्थय सामग्री हस्तान्तरण गरेको हो । शनिबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे हाे । संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे, पीपीई, मास्कलगायतका विभिन्न स्वास्थय सामग्री सहयोग गरेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

संस्थाले अक्सिजन कन्सन्टेटर १८ थान, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे २ थान,पल्स अक्सो मिटर ६० थान, सिरिंज पम्प (syringe pumps), ईन्फेसन पम्प ( infusion pump) ५/५ थान, kn95 मास्क ६ हजार थान, सर्जिकल मास्क एकलाख थान, फेशसिल्ड २७०० थान, पीपीई ११०० थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तानतरण गरेको स्वकीय सचिव पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो ।
जर्मनीको अन्तराष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल बागमती प्रदेशका अति विपन्न तामांग र चेपांग समुदाय रहेका चितवन र नुवाकोट जिल्लामा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा कार्यरत् छ । सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य संकटको बेलामा ब्याक टु लाइफले सधैँ सक्दो राहत् कार्यक्रमका साथ सहयोग गरिरहेको छ ।
विशेष गरेर सन् २०१५मा नेपालमा गएको विनासकारी भुकम्प पश्चात् बागमती प्रदेशका काठमाडौँ, ललितपुर, दोलखा, चितवन, धादिंग र नुवाकोटमा गरिएका राहत र पुनर्निर्माण कार्यहरु उल्लेखनीय छन् । यसै गरी गत बर्ष कोभिड–१९कै संकटका बेला चितवनका बिपन्न चेपांग बस्तीमा खाद्य सामाग्री राहत बितरण गरेको स्मरणीय छ ।