काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीको कोषाध्यक्ष मनोनीत गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो । १४ औँ महाधिवेशनपछि काँग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो ।