सांकेतिक तस्विर

मकवानपुर । मकवानपुरमा शनिबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित कमेरो पानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा –१६ सानो आकाश धारा घर भई हाल बारा जिल्लाको निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। स्थानीय धन बहादुर स्याङतानले सञ्चालन गर्दै आएको किराना पसलमा आउने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानएको छ । चट्याङ किराना पसल अगाडिको क्षेत्रमा परेको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको जनाएको छ।