हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नदिजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा) को बिक्रि बितरण स्थानिय तहका कारण रोकिएको बताउनुभएको छ । स्थानिय तहले स्टक प्रमाणित गर्ने लगायत अन्य व्यवस्थापन मिलाउन रोकेको हुनसक्छ भन्दै अनावश्यक जिससलाई दोस लागेको बताउनुभएको हो ।

ढुङ्गा गिट्टी बालुवा बिक्रि वितरण गर्ने काम जिल्ला समन्वय समितिको नभई स्थानीय तहको भएको हुँदा जिल्ला समन्वय समितिले बिक्रि नरोकेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले केहि स्थानिय तहहरुले अनावश्यक रुपमा जिल्ला समन्वय समितिले रोकेको भन्ने हल्ला फैलाएको प्रति ध्यानाकर्षण समेत गराउनुभएको छ । आम सर्वसाधारणलाई अनावश्यक सुचना सम्प्रेसण नगर्न समेत उहाँले स्थानिय तहलाई आग्रह गर्नुभएको छ ।