हेटौंडा– प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एबम् बागमती प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भौतिक दुरी कायम गरी कृषि उत्पादनका लागि चाहिने मल, बिउ बिजन उपलब्ध गराउने जनाएको छ ।
यसैगरी बिदेशबाट आएका एबम् प्रभावित ब्यक्तिहरुको खोजी गरी ¥यापिड डायोग्नोष्टिक टेष्ट र आवश्यक परे पिसिआर टेष्ट पनि गर्ने निर्णय भएको छ । अझैपनि केहि स्थानमा राहत बितरणमा एकद्वार निति अबलम्बन गरेको नपाईएकोले संघीय सरकारको निर्देशन अनुसार कडाईका साथ एकद्वार प्रणालीबाट राहत बितरण गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी प्रदेशमा अलपत्र परेका ब्यक्तिहरुको उचित ब्यबस्थापनका लागि आबश्यकता अनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई कमाण्ड पोष्टमार्फत ब्यबस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कार्बाहि गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो । यसैगरी स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव रहेकोले संघीय सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ । यस्तै लकडाउनको समयमा बिभिन्न अवान्छित क्रियाकलाप गर्नेलाई कार्बाहि गर्ने र त्यस्ता कृयाकलापलाई निरुत्साहित गर्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको मन्त्रि ढुंगेलले बताउनुभयो ।
बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकोले यसको समन्वय स्थानिय तहले गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाद रुपमा खेतीपाती गर्न किसानहरुलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताउनुभयो । उहाँले पालिकाहरुललाई सावधानी अपनाएर र दुरी व्यवस्थापन गरेर गर्न सकिने कामहरु गराउन लगाउने तर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो । खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले भन्नसभयो–‘कतिपय व्यक्तिहरु वर्षभरी शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरी शहर पस्नेहरु रहेको र उनीहरु अहिले अलपत्र भएकोले व्यवस्थापन हुनु आवश्यक रहेको छ ।’
यसैगरी लकडाउन प्रभावकारी बनाउन सुरक्षा संयन्त्र एबम् स्थानिय तहलाई सक्रिय हुनु पर्ने पनि उहाँको भनाई थियो । अहिलेको सयमयमा सुरक्षाकर्मी, स्वास्थ्य कर्मी र स्थानिय तहले लकडाउनको समयमा ठुलो योगदान गरिरहेको बताउनुभयो । बैठकमा प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।