मकवानपुर – मकवानपुरमा मंगलबार (आज) एकै दिन ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसिआर विधिबाट ९८ जनाको परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको ।
६० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ३८ जनामा र ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आजको कोरोना संक्रमणको दर ५९ प्रतिशत रहेको छ ।
आज संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३७ जना, मनहरी गाउँपालिकाका २० जना र थाहा नगरपालिकाका एक जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ७ सय २ जना पुगेको छ । जिल्लामा हाल १ सय ३३ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये सात जना संस्थागत आइसोलेसनमा र १ सय २७ जना होमआइसोलेसनमा उपचाररत छन् । यसै अवधिमा ४ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १५ हजार ३ सय ३६ पुगेको कार्यालयले जनाएको छ ।