मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटीले वडामा कोभिड–१९ को संक्रमण फैलन नदिन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आईतबार विज्ञप्ती जारी गर्दै वडा कमिटीले विश्वभर फैलीएको कारोनाको संक्रमण फैलीन र लकडाउनको पुर्ण पालना गर्न निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेको हो ।
अध्यक्ष सुर्य बहादुर स्यांतानद्वारा जारी विज्ञप्तीमा वडामा लकडाउनको पुर्ण पालना गर्ने गराउने, विदेशबाट आएका वा संकास्पद व्यक्तिको निगरानी तथा उपचार र परिक्षणमा लैजान सहयोग गर्ने, पाट्री सदस्यहरु मार्फत टोलका बिरामी, अशक्त एवम् राहत प्राप्त गर्नुपर्ने व्यक्तिको लगत वडा कार्यालयमा जानकारी गराउने, राहत वितरणमा सहयोग गर्ने, राहत वितरणमा निगरानी गर्ने, क्वारेन्टाईन वा आईसोलेसनमा रहेका व्यक्तिका परिवारलाई उचित परामर्श र सहयोग गर्ने, सामाजिक दुरी एवम् संरक्षणको उपाय निरन्तर अविलम्बन गर्न सबैमा अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गरिएकाे छ । साथै वडा कमिटीले विज्ञप्ती मार्फत नै वडावासीमा नयाँ वर्ष २०७७ को शुभकामना समेत व्यक्त गरेको छ ।