मकवानपुर – मकवानपुरमा हाललसम्म तीनवटा गाउँपालिकासहित ४८ वटा वडाको मतपरिणाम सार्वजनीक भएको छ । सोमबार दिउँसोसम्ममा तीनवटा गाउँपालिकामा दुइवटामा नेकपा एमाले र एउटामा गठबन्धनले जितेको छ । जिल्लाको इन्द्रसरोवरगाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा भीमफेदी गाउँपालिकामा अध्यक्ष एमालेले जितेको छ । यस्तै जिल्लाको कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष साथै भीमफेदीमा गठबन्धनका तर्फबाट उपाध्यक्षमा विजय हािसल गरेको छ । मतगणना सम्पन्न भएका ४८ मध्ये सबैभन्दा बढि २५ वडा कांग्रेस, १२ वटामा एमाले र ११ वटा वडा अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको छ । मकवानपुरमा १० वटा स्थानीय तहमा १०२ वडा छन् ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
१) इन्द्रसरोबर–१ मा सुवास थापा
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
३) मकवानपुरगढी–१ मा आइत सिंह लो
४) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
५) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
६) कैलाश–१ मा तेज बहादुर ब्लोन
७) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
८) मनहरी–१ मा शिव प्रसाद खनाल
९) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
१०) बकैया–११ मा गोपाल बहादुर नेसुर
११) कैलाश–९ मा भुवनसिं घलान
१२) भीमफेदी–६ मा सोमबहादुर घलान
१३) बकैया–१२ मा ज्ञानेन्द्र बजगाई
१४) हेटौंडा–१ मा सविन न्यौपाने
१५) मनहरी–३ मा अनन्त अर्याल
१६) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली
१७) बकैया–१० मा कमला वाइवा
१८) मकवानपुरगढी–७ मा सूर्यबहादुर रूम्बा
१९) मकवानपुरगढी–२ मा बखानसिं पाख्रिन
२०) थाहा–६ मा राजेन्द्रभक्त श्रेष्ठ
२१) हेटौंडा–२ मा विष्णुगोपाल महर्जन
२२) राक्सिराङ–२ मा बुद्धराम मोक्तान
२३) कैलाश–७ मा उदास भोलन
२४) कैलाश–८ आशिष प्रजा
२५) ईन्द्रसरोवर–५ दुधराज तितुङ
नेकपा एमाले विजयी भएको वडाहरुः
१) राक्सिराङ–१ मा बाबीराम मुक्तान
२) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
३) भीमफेदी–२ मा काशी राम बज्यु
४) भीमफेदी–४ मा सागर पाण्डे
५) इन्द्रसरोवर–३ मा प्रताप भोम्जन
६) इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल
७) भीमफेदी–५ मा जाहारसिं लामा
८) भीमफेदी–८ मा बिष्णुबहादुर लामा
९) बकैया–६ मा फुलबहादुर भोम्जन
१०) भीमफेदी–९ मा प्रकाश पुडासैनी
११) हेटौंडा–१९ मा नरनाथ सुवेदी
१२) थाहा–५ विष्णु बहादुर गुरूङ
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
१) थाहा–१ मा हेरमान गोपाली
२) मनहरी–२ मा राजकुमार पाख्रीन
३) बागमती–१ मा यहुन्ना राई
४) भीमफेदी–३ मा पृति लाल लामा
५) थाहा–२ मा बमबहादुर सिंतान
६) बकैया–१ मा आशिश तितुङ
७) बकैया–२ मा विश्वराज स्याङतान
८) थाहा–३ मा हिरेन्द्र रायमाझी
९) थाहा–४ मा नारायण लामा
१०) कैलाश–३ मा देवलाल बल
११) बकैया–८ विष्णु नेगी