हेटौंडाः मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका प्रकाश थापा विजयी हुनुभएको छ । थापा ५ सय ४१ मतसहित वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटमत प्रतिद्वन्दी नेपाली कांग्रेसका जीवन लामाले ४ सय ८२ मत प्राप्त गर्नुभयाे । भने, नेकपा एमालेका सानु कान्छा तितुङले ३ सय ६२ मत प्राप्त गर्नुभएको थियो । अहिले वडा नम्बर ५ को मतगणना भइरहेको छ ।