हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका बालबालिकाहरुलाई यही चैत २५ गते देखि बैशाख टाइफाइड बिरुद्धको खोप लगाइने भएको छ । आज उपमहानगरपालिकाको आयुरवेद तथा जनस्वास्थ्य प्रवद्धन शाखाले पत्रकार सम्मेलनको जानकारी दिदै बालबालिकामा टाइफाइड बिरुद्धको खोप लगाउन लागिएको जानकारी दिएको हो ।
यहाँका ५६ हजार ४ सय बालबालिकालाई हेटौंडाका बिद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप लगाउन लागिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । खोप अभियान देशैभरी चल्ने छ । यो अभियानको सुरुवात मकवानपुरको मनहरी गाउँपालिकाबाट संघीय स्वास्थ्य तथा जनसख्यामन्त्री बिरोध खतिवडाले उद्घाटन् गर्ने कार्यक्रम तय भएको छ । जन्मीएको १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उहाँले बताउनुभयो । हरेक वर्ष नेपालमा ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अरु उमेर समुह भन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको छ । हेटौंडाका बिद्यालयहरु सहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत खोप लगाइने भएको छ ।