हेटौंडा– हेटौंडा अस्पतालमा उपचार गराइरहेका ३८ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण (विहीबार) आज साँझ मृत्यु भएको छ । अस्पतालको कोभिड एचडीयु मा उपचाररत रौतहट जिल्ला चपुर बस्ने ३८ वर्षिय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा नौ जना कोरोना संक्रमित आइसियुमा तथा एकजना भेन्टीलेटरमा उपचार गरिरहेका छन् । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार अस्पतालमा गरेको पिसिआर परिक्षणमा ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज अस्पतालमा ८८ जनाको पिसिआर परिक्षण गरिएको थियो । जसमा ५४ जनामा पोजेटिभ देखिएको हो । अस्पतालमा भएको एचडियु कक्षमा १८ जना तथा आईसियुमा ९ र भेन्टीलेटरमा १ जना गरि २८ जना उपचार गरिरहेका छन् ।