हेटाैंडा– देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज थप ३ सय ८६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ३ हजार ४ सय ५२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १ हजार ९ सय ९४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।