सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा चट्याङ लागेर मंगलबार दुईजना घाइते भएका छन् । मंगलबार दिउँसाे मकवानपुरकाे राक्सिराङ–४ मा हिडिरहेको अवस्थामा एक्कासि चट्याङ लागि अन्दाजी ३५ वर्षिय टिकाराम मोक्तान घाइते भएकाे प्रहरीले जनाएकाे छ । चट्याङ लागेर बाँया खुट्टा नचल्ने भएकाे उनकाे प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै मंगलबार दिउँसाे मकवानपुरकाे मनहरी–८, सिमपानी स्थित महेन्द्र किरण माविमा कक्षा ८ मा अध्यनरत साेही स्थानकी सुकु माया थिङकी छोरी अन्वदाजी वर्ष १५ की कविता थिङ पनि चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएकाे छ । विद्यालयबाट घर फर्किने क्रममा चट्याङ लागि घाइते भएकी उनलाइ उपचारको मनहरी अस्पताल लगिएकाे प्रहरीले जानकारी दिएकाे छ ।