मकवानपुर । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्तीका अवसरमा आज (बुधबार) हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दुई महिलासहित २० जनाले रक्तदान गरेको फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो ।

हेटौंडा–१ स्थित रक्तसञ्चार केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा १८ जना पुरुष र २ जना महिलाले रक्तदान गर्नु भएको अध्यक्ष खुलालले बताउनुभयो । हेटौंडामा रगत अभाव भईरहेको अवस्थामा सामाजिक उत्तरदायित्व बोध गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

फाउण्डेशनले जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती तीन दिवशीय रुपमा विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । जस अन्तरगत पहिलो दिन आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो । मदन जयन्तीका अवसरमा फाउण्डेशनले भोली असार १३ गते समाज रुपान्तरण, राजनीतिक परिवर्तन, समावेशीता, समृद्धि, र आधुनिक चेतनाको लागि जनताको बहुदलीय जनवादको योगदानमा आधारित खुल्ला कविता प्रतियोगिता र असार १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जी सभा कार्यक्रम आयोजना गरेर दिवश मनाईने उहाँले बताउनुभयो ।