मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा मतगणना जारी रहेको छ । अहिले वडा नम्बर १ को ७ सय मत गन्दा गठबन्धनबाट (नेकपा माओबादी केन्द्रका) उम्मेदवार बिष्णु बहादुर बिष्ठ ३ सय मतले अगाडी रहनु भएको निर्वाचन अधिकृत तीर्थराज भटराइले बताउनुभयो । यस्तै नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकाल भने ३ सय मतले पछाडी रहनु भएको छ । त्यस्तै वडा अध्यक्ष पदमा पनि गठबन्धनले नै अग्रता कायम राखेको छ ।
थाहा वडा नम्बर १ मा २ हजार ६४५ कुल मतदाता रहेको भएपनि २ हजार १ सय ७ मत मात्रै खसको थियो । थाहा १ मा झम्केश्वरी मावि र सुनौला माविमा भएको मतदानमा कुल ७९.६६ प्रतिशत मत खसेको थियो । थाहा १ मा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट हेरमान गोपाली नेकपा एमालेबाट प्रदिप प्रधान र नेपाली कांग्रेसबाट रुपचन गोपाली प्रतिस्पर्धामा हुनु हुन्छ । नगरमा ३२ हजार ३०७ मतदाता रहेको भएपनि जम्मा २३ हजार ५६ मत खसेको थियो ।