हेटौँडा – नेकपा एमाले बकैया गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा बाबुराम डंगोल चयन हुनुभएको छ । आज बकैया ३ मा भएको अधिवेशनले डंगोलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा पार्वती दर्नाल, सचिवमा पुष्पराज गौतम उपसचिवहरुमा शोभा भोम्जन र प्रेमबहादुर थोकर चयन हुनुभएको छ । वडा अधिवेशन एमाले मकवानपुरका जिल्ला सदस्य प्रेमबहादुर डिमडुमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।